Breaking

छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्दानन्द निर्वाचित


काठमाडौँ — छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का २५ वर्षीय युवा विद्दानन्द चौधरी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा० का सत्यनारायण यादवले १७६६ मत पाए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १५९५ मत पाइन् ।