Breaking

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण विजय




काठमाडौँ – इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजय भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।