काठमाडौँ — बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा घिस्रिएर मतदान गर्न बाध्य अपाङ्गता भएका तीन जनालाई बेलायत बस्दैआएकी इशा गुरुङले ह्वील चेयर सहयोग गरेकी छिन् ।

नेपालगञ्ज २० स्थित आदर्श माविको मतदान केन्द्रमा अपाङ्गता भएको व्याक्तिहरुका लागि व्यवस्था गरिएको थिएन् । अपाङ्गता भएका व्याक्तिहरुले घस्रिदै मतदान गर्नुपरेको तस्वीर र भिडियो सामाजिक संजालमा भाईरल भए पछि गुरुङले सहयोग गरेकी हुन् । गुरुङले दु:ख पिडामा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् ।



प्रतिक्रिया