Breaking

६ सय ८५ पालिकाको नतिजा सार्वजनिक


काठमाण्डौ — अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १ सय २० र अध्यक्षमा १ सय ८४ गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १ सय २१ गरी २ सय ९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी १ सय १७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १ सय २३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।