Breaking

दोलखाको विगु गाउँपालिकामा माओवादी विजयी


काठमाडौँ — दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

विगुमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली निर्वाचित भए पनि गठबन्धनका उपप्रमुखमा कांग्रेसकी उम्मेदवार आङनिमा शेर्पा भने पराजित भएका छन् ।

उपप्रमुखमा गठबन्धनलाई पराजित गर्दै एमालेका देविका थामी निर्वाचित भएकी छन् । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन् । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा थामीले चार हजार १३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेका छन् । आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष विजयी भएा छन् ।