Breaking

महाभारत गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


काठमाडौँ — काभ्रेको महाभारत गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छा लाल जिम्बा ४ हजार ८ सय ९१ मत ल्याई विजयी भए ।

उनले नेकपा एमालेका पूर्णबहादुर वाईवालाई १ हजार ६९६ बढी मतले पारजित गरे । पूर्ण बहादुरले ३ हजार १ सय ९५ मत ल्याए । त्यस्तै उपाध्‍यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् ।

मोक्तानले उपाध्‍यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे । रानामगरले १ हजार ५३० मात्र मत ल्याएकी थिइन । योसँगै १२ वटा पालिकाको मत परिणाम आएको छ । काभ्रेमा अब पाँचखाल नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।