Breaking

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी


काठमाडौँ — विराटनगर महानगरपालिकामा मतगणना सम्पन्न नहुँदै प्रमुख र उपप्रमुखनै विजयी भएका छन् ।

५ हजार ९३४ मत गणना गर्न बाँकी हुँदै प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले जित सुनिश्चित गरेका हुन्।

गणना गर्न बाँकी मतभन्दा उनीहरुको र प्रतिस्पर्धीको मतान्तर बढी छ । ८३ हजार ८५५ मतगणना सम्पन्न हुँदा कोइरालाले २७ हजार ७०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका सागर थापाको २० हजार ३६५ मत छ ।

यो कोइरालाले पाएको भन्दा ७ हजार ३४० मत कम हो । उपप्रमुखमा शिल्पाले २४ हजार १५ मत पाएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १३ हजार ४७३ मत पाएका छन् ।अमेरेन्द्रकोभन्दा १० हजार ५४२ मत बढी शिल्पाले पाइसकेकी छन् ।

६ वटा महानगरपालिका मध्य सबैभन्दा पहिले विराटनगर महानगरपालिकाको मत परिणाम सार्वजनिक हुने देखिएको छ ।