Breaking

बालेन साहको अग्रता कायमै


काठमाडौँ — काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् । त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् ।

साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ । त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात्र पाएका छन् ।