देश

एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा


काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । एएफसी एसियन कप २०२३ छनोटको समूह ए मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ ।

नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् ।