समाचार

टिप्परको ठक्करबाट एक युवकको मुत्यु


काठमाडौँ — दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका (४ हर्नेटीमा बिहिबार साँझ ६ बजे टिप्परले ठक्कर दिदा कपुरकोट गाउँपालिका (३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको तुलसीपुर इप्रकाका डिएसपी श्यामु अर्यालले बताए । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको हो । उनको मत्युपछि मृतकका आफन्तले कपुरकोट(तुलसीपुर सडकखण्डमा टिप्पर सञ्चालनमा रोक लगाएका छन् । दोषीलाई कार्बाही नहुँदा सम्म र पिडितका आफन्तले क्षतिपूर्ति नपाउँदा सम्म टिप्पर सञ्चालन गर्न नदिने मृतक परिवारको माग छ । राप्ती प्रादेशिक अस्पतालमा शबको पोष्टमार्टम अझै हुन सकेको छैन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।