राजनीति

भरतपुर महानगरपालिकामा रेनुलाई ३,१८१ मतको अग्रता


काठमाडौँ — भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१८१ मतको अग्रता बनाएकी छन् । दाहालले २१,६८३ मत ल्याएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १८५०२ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० मत पाउँदा हिमला गुरुङले १४,६५४ मत पाएकी छन् ।