Breaking

अहिलेसम्म ४ पालिकासहित ६४ वडामा राप्रपा विजयी


काठमाडौँ — एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ ।

राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।