राजनीति

बादलको वडामा काँग्रेस विजयी


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा काँग्रेसका परमेश्वर खनाल विजयी भएका हुन् ।

खनालले २४२८ मतका साथ विजय हासिल गर्दा एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए । सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ । निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका भाइ हुन् ।