देश

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत, पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, पीडितले समय नै दिइनन्


काठमाडौँ — बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।

अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।