Breaking

धम्कीमा भोट माग्ने आरजु र प्रचण्डलाई खोई कारबाही ?आयोगले स्पष्टिकरण मात्रै सोध्यो, कारबाही ‘नोटिस’


काठमाडौँ — प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जनतालाई धम्क्याउँदै भोट नदिए पैसा नदिने अभिव्यक्ति दिइन् । माओवादी केन्द्रका अध्यक्षले समेत मतदाता धम्क्याउने काम गरे । सरकारका मन्त्रीदेखि उम्मेदवारसम्मले आचारसंहिता उल्लंघन गरे । तर निर्वाचन आयोगले कारबाही नगरेको आरोप खेपिरहेको छ । आखिर किन त ? निर्वाचन आयोगको नोटिसमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवादेखि सरकारका मन्त्रीहरुसमेत परे ।

शिर्ष राजनीतिक दलका शिर्ष नेता परे । आचारसंहिता विपरितका गतिविधि चलाएका उनीहरुलाई निर्वाचन आयोगले नोटिसमा त लियो, तर के कारबाही भयो जनताले पत्तो पाएनन् । किनकि प्रधानमन्त्री पत्नी राणाले भोट नदिए सरकारबाट पाउने पैसा नदिने भन्दै जनता धम्क्याउने काम गरेकी थिइन ।निर्वाचनपछि ५÷६ जनालाईमलेसिया पठाउने भन्दै प्रलोभन देखाउने कामसमेत गरेकी थिइन । यस्तै धम्की नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत दिएका थिए ।

भरतपुरको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले हारे देश दुर्घटनामा पर्ने चेतावानी दिएका थिए ।मतदाता धम्क्याउने उद्देश्यबाट प्रेरितअभिव्यक्ति भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर कारबाहीको कुनै सूचना जनताले सुन्न पाएनन् । एमालेबाट काठमाडौं महानगरको उम्मेदवार बनेका केशव स्थापितलाई त आयोगले दुई÷दुईपटक स्पष्टिकरण सोधेको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई समेत आचारसंहिता विपरित काम गरेको भन्दै आयोगले स्पष्टिकरण सोधेको थियो । तर उनीहरुमाथि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त भएका छन् । हालसम्म आयोगले ५७ जनालाई आचारसंहिता उल्लंघनकै कारण स्पष्टिकरण सोधेको छ ।जसमा गण्डकी प्रदेशका मूख्यमन्त्रीदेखि सभामुख र भूमि आयोगका उपाध्यक्षसम्म परेका छन् । पत्रकार महासंघका अध्यक्षदेखि चार पत्रकार संगठनसम्म परेका छन् ।

यसरी आचारसंहिता उल्लंघन गरेआयोगले एकलाख जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सक्छ । तर कुनै पनि व्यक्तिलाई देखिने गरि कारबाही नगरेपछि आयोगले आलोचना खेपिरहेको छ । आखिर किन कारबाही भएन त ? आयोगको भनाइ यस्तो छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरुको प्रतिवद्धता लिँदै आचारसंहिता जारी गरेकै बेला उल्लंघन भए तत्काल कारबाही ठोक्ने चेतावनी दिएका थिए ।

त्यतिबेला थपलियाको बोलीको चर्चासमेत भएको थियो । तर कारबाही गर्ने बेला आयोग यति नरम भयो कि, नोटिसमा लिएको भन्दै उन्मुक्ति दिन बाध्य बन्यो ।यसले आगामी दिनमा समेत आचारसंहिता उल्लंघनमा बल पुग्ने सम्भावना बलियो बनेको छ ।