काठमाडौँ — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको लागि नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पाख्रिन राजुलाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आज दिउँसो मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्रहरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायमा पैसा बाँडेको थियो। उनीहरुलाई प्रभावित पार्न उपमेयरका उम्मेदवार तामाङको नेतृत्वमा काँग्रेसका नेताहरु पैसा बोकेर पुगेका थिए । उनीहरुले प्रति मतदाता चिया खानु भन्दै ८ देखि १० हजार रुपैयाँ सम्म बाँडेको भेटिएको थियो । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया