Breaking

परीक्षाको घडी नजिकिदै: ओलीले भ्याए एकैदिन ६ ओटा चुनावी सभा, देउवा मतदान गरेर मात्र डडेलधुराबाट फर्किने


काठमाडौँ — मंगलबार राती १२ बजेबाट मौन अवधी सुरु हुने भएपछि राजनीतिक दलका नेताहरु अन्तिम रस्साकस्सीमा छन । भोलीबाट चुनावी सभा भेला आमसभा तथा प्रचारका कुनै गतिविधि गर्न नपाईने भएपछि आफ्ना उम्मेद्धारको पक्षमा माहोल बनाउन शिर्ष नेताहरुले अन्तिम सार्वजनिक सम्बोधन गरेका छन । पछिल्लो एक हप्ता निक्कै रस्साकस्सीमा रहेका नेताहरुको चुनावी दौडधुप कस्तो रह्यो त ? मौन अवधीको पूर्वसन्ध्यामा शिर्ष नेताहरुले अन्तिम चुनावी संम्बोधन गरेका छन ।

मिति घोषणाताकाबाटै विभिन्न कार्यक्रमका साथ जनताको घरदैलोमा पुगेका उनीहरुले पहिलो चरणमा आफ्नो माहोल बुझेका थिए । सोहि अनुसार स्थानीय तहको रिर्पोटिङ सुन्ने तथा चुनावी रणनिति बनाउन व्यस्त उनीहरुले उम्मेद्वारी दर्ता पश्चात भने घरदैलो कार्यक्रमलाई तिव्रता दिए । सामाजिक सन्जाल देखि चुनावी सभामार्फत मतदातासम्म जोडिएका उनीहरुका लागि अव भने परिक्षाको अन्तिम घडीमा आईपुगको छन ।

विशेषत अर्को दललाई नै गाली गर्नमा समय खर्चका उनीहरुले यो एक हप्तामा दर्जनौ चुनावी सभा गर्न भ्याए । जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप पनि कम थिएन । गठबन्धनले
सभा गरेकै स्थानलाई चुनावी सभाको आधार बनाएका उनी सोमबार साँझ आफ्नो गृहजिल्ला झापा पुगे । दिनभर पोखरामा र किर्तिपुरको सभालाई सम्बोधन गरेर साँझ अकस्मात झापा पुगेका उनले चुनाव प्रचारको अन्तिम दिन ओलीले एकैदिन ६ ओटा आमसभा भ्याए ।

गृहनगर दमकमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्ने भन्दै एमालेबाट वडा सदस्यका उम्मेदवारद्धारा उम्मेदवारी फिर्ताको घोषणाका बीच उनले बिहान मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसपछि झापाको गौरीगञ्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरेका थिए । गठबन्धन चुनावी तालमेलका विषयमै अल्झिरहँदा उपत्यकाबाहिरकै १५ सभा गरीसकेका एमालेले चैतबाटै प्रचार सभा सुरु गरेका थियो । यसरी सर्वाधिक सभामा पुग्नेमा एक नम्बरमै परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम चुनावी सभा काठमाडौमा गरेका छन ।

नेपाली कांग्रेसले भने बैशाख २० मा मात्रै चुनावी सभाका लागि केन्द्रीय नेता तोकेको थियो । वैशाख २१ देखि आजसम्म तय गरिएका सभामा सभापति शेरबहादुर देउवा सहित केन्द्रीय तहका शीर्ष नेताहरु वक्ता बनाइएको थियो । यता प्रकाशमान सिहं आफ्नै श्रीमती मेयरको उम्मेद्धार बनेपछि काठमाडाँै बाहिर जान नसक्दा जनकपुर सभा विमलेन्द्र निधिले वहिष्कार नै गरेका छन । यता देउवालाई झै थोरै स्थानमा खटाईएका नेता रामचन्द्र पौडेलले पनि केहि संयुक्त चुनावी सभालाई सम्बोधन गरेका छन ।


यो छोटो अवधीमा सबैभन्दा बढि कांग्रेसबाट भने महामन्त्री गगन थापाले सभा सम्बोधन गरेका छन भने गठबन्धनको भविष्य अडेको भरतपुरमा वागी उम्मेद्धारीले रन्थनिएका प्रधानमन्त्री शेरबहादुर देउवाको पनि दौडधुप कम छैन । एकातीर आफनैलाई फकाउने चिन्ताले सताएका उनलाई आफ्नै पत्नी र प्रचण्डको अभिव्यक्ती पनि भारी परिरहेको छ । जसलाई ओलीले आफ्नो प्रत्येक भाषणको तारो नै बनाएका छन । यसरी हेर्दा गठबन्धन नामक रथको घोडा बनेका उनी आफ्नै पार्टी व्यवस्थापनमा चुकेका त छैनन् भन्ने विश्लेषण पनि सुरु भएको छ ।

अन्तिम चुनावी सभाका रुपमा धनगडीका कार्यक्रम सम्बोधन गरेर उनी गृहजिल्ला डडेलधुरा पुगेका छन । अव देउवा मतदान गरेर मात्र काठमाडौँ फर्किने छन । कांग्रेसले घोषणा गरेकै सभालाई चुनावी सभा बनाईदाँ देउवा र पौडेल वक्ता भएका प्रायजसो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छुटेनन् । केहि सिमित स्थानमा भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी बने । तर कांग्रेस नेता आफ्नो विरासत जोगाउन विराटनगरै भूमरीबाट बाहिर निस्किन सकेनन् भने जसपा अध्यक्ष द्धयमध्ये उपेन्द्र यादवले जनकपुर सभा सम्बोधन गरेपनि डा.बाबुराम भट्टराई भने गोर्खा केन्द्रित देखिए ।