देश

अदालतमाथि ओलीलेको प्रश्न: कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदर


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गरेका छन् । मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै उनले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको टिप्पणी गरे ।

‘कांग्रेसले भंग गर्दा सदर हुन्छ, एमालेले भंग गर्दा बदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिमर लोकतान्त्रिक हुन्छ, एमालेले भंग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अदालतले यही फैसला गरिरहेको छ’ उनले भने ।