देश

आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको ओलीको दावी


काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनु भयो । आज मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नु भयो ।

उहाँले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाई होईन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होईन ।’

सभामा अहिले ओलीले सम्बोधन गरिरहनु भएको छ । यस अघि बोल्नु भएका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिनु भएको थियो । कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गर्नु भएको थियो ।