देश

पुन्य गौतम एमाले प्रवेश


काठमाडौँ — युट्युब मार्फत चर्चामा आइरहने पुन्य गौतम एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश प्रवेश गरेका हुन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा गौतम एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।