देश

रामचन्द्र पौडेलले १६ करोड घूस मागेको स्थापितको आरोप


काठमाडौँ — काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय विकासमन्त्री हुँदा १६ करोड घूस मागेको आरोप लगाएका छन् । आज एमालेको चुनवाी सभामा बोल्दै स्थापितले पौडेलले फोहोर व्यवस्थापन गरी मल कारखाना खोल्न खोज्दा १६ करोड मागेको आरोप लगाएका हुन् ।

‘फोहोर व्यवथापन गरी मल कारखाना खोल्न खोज्दा मेयरको पनि भुँडी छ, मेरो पनि भुँडी छ भनेर १६ करोड माग्ने रामचन्द्र पौडेल हुन्,’ स्थापतिले भने,‘पैसा मागेको थाहापाएर गिरिजाप्रसाद कोइरालाले मन्त्रीबाट केही दिनमै हटाएको होइन ।’ उनले पौडेललाई फोहोरको राजनीति गरेको आरोप लगाए ।