देश

रुखमा मत माग्दा कलमलाई नबिर्सौं पौडेल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका उप महासचिव डा. विजय पौडेलले गठबन्धनलाई मत माग्दा कलम चिन्हमा मत नमागिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंको असनमा आयोजित सत्ता गठबन्धनको संयुक्त सभामा बोल्दै उनले कलम चिन्हमा मत माग्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘मेयरमा मत मागिएको छ । उहाँसँगै उप मेयरका उम्मेदवारलाई कलममा पनि मत माग्न आग्रह गर्दछु ।’ काठमाडौं महानगरको उप मेयरमा एकीकृत समाजवादीबाट उप मेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।’ गठबन्धनको महत्वका बारेमा बुझाउन नसकिएको हो कि भन्दै उनले आशंका व्यक्त गरे । ‘वडा तहैसम्म गठबन्धन होस् भन्ने चाहना थियो । गठबन्धनको महत्व बुझाउन नसक्दा तालमेल हुन सकेन ।