देश

विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउछु : केशव स्थापित


काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताए । उनले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताए । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गरे ।

‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ’, उनले विहान बेलुकै फोहोर उठाउने दावी गर्दै फोहरमैलामा अव काँग्रेसले राजनीति गर्न नपाउने बताए । फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन’, स्थापितको भनाइ छ । उनले चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउ’, स्थापितको भनाइ छ ।