Breaking

कांग्रेसले खोक्रा आस्वासन बाँड्दैन: देउवा


काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक समृद्ध बनाउन कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनु भएको छ । उहाँले मंगलबार कांग्रेस सभपतिको तर्फबाट एक अपिल जारी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभएको हो । ‘स्थानीय तहहरुलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता पूरा गर्न नेपाली कांग्रेस कसैसँग सम्झौता गर्दैन,’ उहाँले भन्नुभएको छ, ‘तर, नीति निर्माण र कानुन बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्टै छ ।

उहाँले विपक्षी नेकपा एमालेले संसद अवरोध गरेर बाधा सृजना गरेकोले काम गर्न नपाएको तर्फक संकेत गर्नुभएको छ । आफ्नो पार्टी कांग्रेसले बोलेका वाचा पूरा गर्ने र मतदातालाई खोक्रो नारा मात्र दिएर भ्रममा नपार्ने बताउनुभयो । स्थानीय तह निर्वाचनको तीन दिन अघि आज अपिल जारी गर्दै उहाँले मतदातासामु भन्नुभएको छ, ‘हाम्रो सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ ।

संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन् ।’