Breaking

बागी उम्मेदवारलाई छाड्दिन: देउवा


काठमाडौँ —प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका बिरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कार्बाही गरेरै छाडने बताएका छन् । सोमबार गठबन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले भने, ‘अझै पनि बिभिन्न ठाउँमा बागी उम्मेदवार बनेकाहरु अपिल प्रकाशित गरेर उम्मेद्वारी त्याग्नुस्, होइन भने यसपटक कांग्रेसले कसैलाई माफी दिँदैन, कार्बाही गरेरै छोडछ ।’ प्रदेश सरकार र संघीय सरकार बलियो बनाउन स्थानीय तहमा गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको उनको भनाइ छ। उनले कसैलाई नेता बनाउन नभई लोकतन्त्रलाई बलियो बनाउन गठबन्धन गरिएको बताए ।