देश

एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको भुसालको तर्क


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले पाँच दलीय गठबन्धनको निर्णय विरुद्ध एमालेसँग तालमेल गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । भुसालले सत्ता गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएपनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको बताए । गठबन्धन भन्दा बाहिर गएर तालमेल गर्नु राजनीतिक रुपमा अनैतिक भयो । गठबन्धन भन्दा बाहिर गएर तालमेल नगरौं भनेर शीर्ष नेताको तहमै निर्णय गरेर निर्देशन पनि गरेका छौ । यदि मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने थियो’ कुरा गर्दै भुसालले भने, ‘हामीले त्यसरी गरेको तालमेल फिर्ता हुने भनिएको छ । खारेज गर्ने पनि पार्टीहरुले भनेका छन् । त्यसपछि पनि सबै ठाउँमा भएको छैन ।’ गठबन्धनमा सहभागी दलले कतिपय ठाउँमा एमालेसँग तालमेल गरेपनि छोडे पनि त्यो संख्या अझै धेरै भएको हुनसक्ने भुसालले बताए । गठबन्धन दलमा समेत प्रयाप्त छलफल नभएकाले धेरै तालमेल हुन नसकेको भुसालले बताए ।