काठमाडौँ — नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।
आइतबार साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियारको भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो । घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।
परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन । हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।


प्रतिक्रिया