काठमााडौँ — चितवन घटनामा प्रहरीले हत्यमा चुनावसँग सम्बीनधत नभएको जानकारी दिएको छ । चितवनका अनिल परियारको हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो ।
छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी काँग्रेसका सक्रिय कार्यकर्ता हुन् । प्रारम्भिक अनुसन्धानबाट हत्या चुनावसँग सम्बन्धित नदेखिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीले भने,‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’


प्रतिक्रिया