देश

तिम्रो घरको बजेट हो त्यो ?: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको बजेट आउँदो जेठ १५ को बजेट नै अन्तिम बजेट हुने दावी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले ल्याउने बजेट भनेको आगामी जेठ १५ पछि कहिल्यै बजेट नल्याउने ठोकुवा गरे ।

ओलीले प्रधानमन्त्री पत्नी आरजु देउवाले युवाहरुलाई मलेसिया पठाइदिन्छु भनेर भन्दै हिँडेको भन्दै एमालेले ५, ६ जना होइन करोड युवाहरुलाई यही रोजगारीको अवसर दिएर विदेश नजाने बनाउने दावी गरे । उनले हाम्रो उम्मेदवारलाई बजेट पठाउँदिन भनेर राणाले गरेको टिप्पणीको कटाक्ष गरे ।