देश

काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा छ : सिर्जना सिंह


काठमाडौँ — सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताउनुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताउनुभएको हो । उहाँले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताउनुभयो । आफु काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं ऐतिहासिक शहर हो । विश्व सम्पदा सूचिमा पनि परेको छ । यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यताहरु, सम्पदाहरु छ । यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ । तर त्यो लोप हुने अवस्थामा गइराखेको छ । कसरी गइराखेको छ भने स्थानीय सरकारले ध्यान नपु¥याउँदा र उसले पहल नगर्दा खालि राजनीतिमात्र गर्दाखेरी यस्ता चिजहरु सबै लोप हुन गइराखेको छ ।

त्यो उजागर गर्न र त्यसलाई संरक्षण र सम्र्वद्धन गर्न मेरो सधैँ पहल हुनेछ र म गर्छु । त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताउनुभयो । सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उहाँले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताउनुभयो । पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उहाँको तत्कालिन पार्टीले सो पदमा पठाएको उहाँले दाबी गर्नुभयो ।