देश

जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस


काठमाडौँ — सरकारले जेठ ३ गते स‌ंघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी रहेको व्यवस्था छ । संविधान अनुसार जेठ १४ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेट पूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।