राजनीति

चितवनमा युवा संघका अगुवा माथि धारिलो हतियार प्रहार, उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइयो


काठमाडौँ – चितवन खैरहनीमा युवा संघका अगुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका कुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ । आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यक्तिगत दुश्मनीको आधारमा धारिलो हतियार प्रहार भएको थाहा भएको छ । थापा एक वर्ष अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको छ । थापा स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा सक्रिय रुपमा लागेका थिए ।