राजनीति

पत्रकार सम्मेलन गरेरै ओलीले भोट माग्ने


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज मतदाताहरूलाई अपिल गर्नुहुने भएको छ । ओलीले आज आममतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको एमाले नेता विष्णु रिमालले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलमा बिहान साढे १० बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएका बेला मतदातालाई आफ्ना कुरा राख्न लागिएको रिमालले बताउनुभयो ।