Breaking

रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ: देउवा


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै देउवाले उनी भरतपुरको मेयरमा रेनुलाई नउठाउन तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो ।

राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भनेका छन्, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु रु दिनुस् भनेर मैले भनेको हो ।’ प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको उनले बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।