देश

विज्ञहरूसँग परामर्श गरेर अघि बढ्नेछु : सिंह


काठमाडौं — काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौंको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श गरेर अघि बढ्ने बताएकी छन् । आफू प्रतिनिधि पात्र मात्रै भएकाले महानगरका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल र परामर्श गर्ने उनले बताइन् । आज शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संकल्प तथा प्रतिबद्धताबारे बोलेकी हुन् । यस क्रममा नेत्री सिंहले युवा, महिला, बालबालिका र जेष्ठ नागरिकका समस्या आफू मेयर भएको खण्डमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।