काठमाडौँ — विश्वभर सर्वाधिक हेरिने फुटबल प्रतियोगितमा यूईएफएअन्तर्गतको च्याम्पियन लिग पर्ने गर्छ । च्याम्पियन लिगमा हुने प्रत्येक खेलले फुटबलप्रेमीको ध्यान आफूतिर केन्द्रीत गर्दै गर्दा उपाधि दावेदारीमा भने दुई तीन क्लबको भन्दा बढी नाम आउने गर्दैन ।
विश्वभर च्याम्पियन लिगको लोकप्रियताका बारे सायदै फुटबल प्रेमिलाई बताइरहनु पर्ला । सर्वाधिक हेरिने र सबैको चासो भएको यो प्रतियोगिताको फाइनल समीकरण पूरा भइसकेको छ ।
जसमा उपाधिका लागि इंलिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडले फाइनलका लागि स्थान बनाईसकेका छन् । विश्व फुटबलको पावस हाउसमध्येका अधिकांश राष्ट्रहरु युरोपमा नै पर्ने भएकाले पनि होला सायद यहाँका क्लबहरु उत्कृष्ट नै हुन्छन् ।
युरोपका मात्र क्लबले प्रतिष्पर्धा गर्न पाउने च्याम्पियन लिगमा सहभागि हुने क्लबहरुको प्रदर्शनले गर्दा पनि युईएफए च्याम्पियन लिगले विश्व फुटबल प्रेमीको ध्यान आफूतिर केन्द्रीत गरेको छ ।
प्रत्येक वर्ष १५ राष्ट्रका क्लबहरुले सहभागिता जनाउने भए पनि उपाधि दावेदारीको रुपमा हेरिने भनेको इंलिस, स्पेनिस, इटाली र जर्मनीका क्लबहरु नै हुन् । त्यसमा पनि यो पछिल्लो एक दशकको इतिहास हेर्ने हो भने त इंलिस र स्पेनिस क्लबहरुको दबदवा निकै देखिन्छ ।
१० सिजनमा ८ पटक च्याम्पियन लिगको उपाधि उचालेका यी दुई राष्ट्रका क्लबले युरोपियन क्लबहरुमा आफ्नो दवादवा रहेको स्प्रष्ट गर्छ । यी दुई देशका क्लबहरुले पछिल्लो १० मध्ये ८ फाइनल खेलिसकेका छन् ।
हाल जारी प्रतियोगतामा पनि यिनै दुई राष्ट्रमध्येका एक क्लबले उपाधि उचाल्ने निश्चित छ । १३ पटक यो उपाधि आफ्नो नाममा पारिसकेको मड्रिड र ६ पटकको विजेता लिभरपुल फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल प्रवेशका लागि पनि यी दुई क्लबले एकअर्काका राष्ट्रका क्लबविरुद्ध नै प्रतिष्पर्धा गर्न परेको थियो । मड्रिडले नाटकीय ढंगमा इङ्ल्याण्डको क्लब म्यानचेष्टर सिटी र लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई पराजित गर्दै पेरिसको टिकट पक्का गरेको हो ।
खेल आगामी मे २८ तारिखमा पेरिसमा हुने छ । यसअघि यूईएफएले फाइनल खेल रसियाको पिटर्सवर्गमा गर्ने निर्णय गरे पनि युद्धका कारण फाइनल पेरिसमा सारिएको हो ।
प्रतिक्रिया