खेलकुद

म्यानचेष्टर सिटीविरुद्ध रियल मड्रिडको सानदार जित


काठमाडौँ — म्यानचेष्टर सिटीविरुद्ध पुनरागमन जितसहित स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो । पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो । सिटीले भने अग्रता जोगाउन सकेन । रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगको खेलको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीला अग्रता दिलाएका थिए ।

त्यसपछि सिटीले ६-४ को अग्रता बनाएको थियो । त्यसपछि रोड्रिगो चम्केपछि रियल खेलमा फर्कियो । ९० औं मिनेटमा रियलका लागि बराबरी गोल गरेका रोड्रिगोले इन्जुरी टाईमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २—१ को अग्रता दिलाए । त्यसपछि समग्रमा खेल ५-५ को स्थितिमा पुग्यो । त्यसपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपियो । करिम बेन्जेमाले ९५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियलाई ३-१ को जित दिलाए । अब रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ ।