Breaking

सोलुदुधकुण्डमा आङकाजी शेर्पाको लोकप्रियता बढ्दो, नगरबासी भन्छन : शेर्पाप्रति नै आशा छ


काठमाडौँ — सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार आङकाजी शेर्पाको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग झिनो मतान्तरले पराजित भएको नेकपा एमाले यस पटक भने स्थानीयमाझ लोकप्रिय उम्मेदवार आङकाजी शेर्पा भएकाले जित निश्चित रहेको नेताहरू बताउँछन् ।

चुनावी घरदैलो अभियानको क्रममा शेर्पाप्रति सोलुदुधकुण्डबासीले अपार माया दर्शाइरहेका छन् । शेर्पाको सामाजिक र व्यवसायिक क्षेत्रमा कमाएको सफलतालाई नगरबासीले आशाको रुपमा हेरेका छन् । शेर्पाले जित्दा नगरपालिकाको समग्र विकास हुने सोलुदुधकुण्डबासीको बुझाइ छ ।

एमालेबाट उम्मेदवार बनेपनि विजयी भएपछि पार्टीभन्दा माथि उठेर नगरपालिका र जनताको सेवामा लाग्ने शर्पाले प्रतिवद्धता जनाउनुभएको छ । ‘मेरा लागि सोलुदुधकुण्डबासी सबै समान हुनुुहुन्छ । सबैलाई समान व्यवहार गरेर नगरपालिकाको विकास गर्नेछु । जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने छु ।’

नगरपालिकाको ११ वटै वडामा शेर्पाको पक्षमा माहोल बनेको छ । आशाको किरणका रुपमा आङकाजी शेर्पालाई देखेको नगरबासीहरू बताउँछन् ।

आङकाजी शेर्पा सामाजिक कार्यमा पनि अग्रपंक्तिमा रहँदै आउनुभएको छ । उहाँ बौद्धमार्गीहरूको सामुदायिक संगठन शेर्पा सेवा केन्द्रका वर्तमान महासचिव पनि हुनुहुन्छ । उहाँ पर्यटन र निर्माण व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।

ओखलढुंगा–सोलु सडक कालोपत्रे शेर्पाले नै गर्नुभएको हो । उहाँ नेपालकै पाँचौ एचडी टीभी च्यानल योहो टेलिभिजनका अध्यक्षसमेत हुनुहुन्छ । शेर्पा गाउँमै कृषि उपार्जन र उद्योग सञ्चालन गरी विकास गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँले सोलुदुधकुण्ड नगरपालिका केरुङमा ७ सय रोपनी भन्दा बढी जमिनमा ओखर, किबी र स्याउ खेतीका साथै बाख्रा, भैँसी र कुखुरापालनमा करोडौँ रुपैयाँ लगानी गरेर थुप्रै नगरबासीलाई रोजगारी दिनुभएको छ ।

उहाँले सोलुदुधकुण्डमै मिनरल वाटर उद्योग र इट्टा उद्योग सञ्चालनको तयारीसमेत गर्नुभएको छ । मेयरमा निर्वाचित भए गाउँका हरेक युवाहरूलाई गाउँमै रोजगारी र स्वरोजगारीको व्यवस्था गर्ने शेर्पाको प्रतिवद्धता रहेको छ ।

सोलु नगरको मेयरका उम्मेद्‌वार को हुन् काजी शेर्पा ?

पाँच वर्षमा सोलु नगरको विकासमा व्यापक विभेद भयो : आङकाजी शेर्पा

आङकाजी शेर्पाको पक्षमा सोलुमा उर्लियो माहोल, यस्तो छ चुनाव जित्ने आधार

ओली सोलु पुग्दा काँग्रेसमा तरंग, काँग्रेस छोडी एमाले प्रवेश गरेका आङकाजी भन्छन्– सोलुका सबै स्थानीय तह जित्छौं

गुटैगुटले फोहोरको डंगुर बनेको काँग्रेसको काम छैन, सोलुका सबै स्थानीय तह अब एमालेले जित्छ