देश

तप्लेजुङको मेरिङ्देन गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार


काठमाडौँ — तप्लेजुङको मेरिङ्देन ५ थुकिमामा आचारसंहिता विपरित प्रचार प्रसार गरेको छ । आगामि बैशाख ३० गने हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रसले आचारसंहिता विपरित प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको छ । नेपाली काङग्रेसले २१ गते (बुधवार) आज त्रिभुवान माविमा चुनावी आमसभा गरेका छन् । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा सामुदायिक विद्यालयको प्रयोग गर्न रोक लगाएको छ । यस्तै बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ ।

जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ । आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ । आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ ।