देश

तप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार


काठमाडौँ — तप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आचारसंहिता विपरित प्रचार प्रसार गरेको छ । आगामि बैशाख ३० गने हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रसले आचारसंहिता विपरित प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको छ । मिक्वाखोल गाउँपालिकाका स्थानिय वैशाख २० गते मंगलबार नेपाली काङग्रेस र २१ गते बुधवार नेकपा एमालेले मोती माविमा चुनावी आमसभा गरेका छन् । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा सामुदायिक विद्यालयको प्रयोग गर्न रोक लगाएको छ ।

नेपाली काङग्रेस

यता सभामा बालबालीका समेत प्रयोग भएको देखिएको छ । यस्तै बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ । जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ । ‘ आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ । आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ ।

नेकपा एमाले

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रचारप्रसारका लागि आमसभा वा भेला गर्न स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ । कुनै पनि दल वा उम्मेदवारले अर्को दलको भेला वा आमसभा बिथोल्न वा वाधा पुर्‍याउन र प्रतिस्पर्धी दलका विरुद्ध प्रचार गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ ।