देश

वामदेवको शब्दमा आयो समाजवादीको चुनावी गीत


काठमाडौँ — स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ । मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् ।

कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ । गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ ।