Breaking

स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट पार्टी बन्ने काँग्रेसका महामन्त्री गगन थापाको दाबी


काठमाडौ — नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट’पार्टी बन्ने दाबी गरेका छन् । उहाको भनाइ छ, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी फस्र्ट पार्टी हुन्छौ । यसमा मलाई कुनै सन्देह नै छैन ।’ स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई विचित्रको देखेका छन् उहा ले । ‘स्थानीय तह निर्वाचन गठबन्धन भर्सेस एमाले होइन । दुई वटा विचित्र गठबन्धनबीच प्रतिस्पर्धा हो,’ उनी भन्छन्, ‘एमालेले नेतृत्व गरेको गठबन्धन र काँग्रेसको गठबन्धनबीचको प्रतिस्पर्धा हुन लागेको छ ।