Breaking

बालेनमाथि स्थापितले लगाए गम्भीर आरोप


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

बोलनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्‍याप भन्ने गरेको बताए । शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ उनको बालेनको र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ ।’ स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।