Breaking

पाँच वर्षमा सोलु नगरको विकासमा व्यापक विभेद भयो : आङकाजी शेर्पा


काठमाडौँ — गएको पाँच वर्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपलिकाको विकासमा व्यापक विभेद गरेको आरोप लगाउनुभएको छ ।

सोलदुधकुण्ड नरगपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेद्वार आङकाजी शेर्पाले केरुङ लगायत त्यस भेगको विकासमा नाम्गेल जाङबु शेर्पाले चरम विभेद गरेको आरोप लगाउनुभएको छ ।

नेकपा एमालेप्रति जनता उर्लिएको देख्न नसकेर शेर्पाले केरुङ, गोराखानी र टाप्टीङलाई विकासका योजना प्राथमिकतामा नराखेको आरोप लगाउनभएको हो ।शेर्पाले नगरपालिकाको प्रमुख भएर ५ वर्ष विताउँदा अधिकांश समय निर्माण व्यवसायी, जलविद्युत आयोजनाहरुसंग करोडौँ असुलीको धन्दा मात्रै चलाएको दावी गर्नुभएको छ ।

उहाँनै पुन नगरपालिकाको मेयरका लागि अघि बढेकाले विकासका लागि नेकपा एमालेका उम्मेदवारलाई मत प्रदान गर्न पनि नगरबासीहरुलाई उहाँले आग्रह गर्नुभएको छ । आफू निर्वाचित भए केरुङ लगायत यस भेगका खाली जग्गाहरुलाई बृहत उपयोग गरि कृषि उत्पादन, पशुपंक्षिको व्यवसायीक योजनाहरु ऋघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विकासको आधा काम मात्रै भई टुहुरो बनेको बुद्ध पार्कको निर्माण सम्पन्न गर्न, पत्ताले, धाप लगाइतका क्षेत्रमा बार्षिक ५ लाख सम्म पर्यटक भित्र्याउने आफ्नो लक्ष्य रहेको मेयरका उम्मेद्वार आङकाजी शेर्पाले बताउँनुभयो ।

यस्तै उपमेयरका उम्मेद्वार मोहनकुृमारी कार्कीले खानेपानी, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका एजेण्डाहरु एमालेको पहिलो प्राथमिकता भएकाले वडा तहदेखि नगरपालिकासम्म एमालेका उम्मेदवारहरुलाई विजयी गराउन उनले मतदाताहरुसंग आग्रह गर्नुभयो ।