Breaking

आयोगका असंख्य चुनौती, स्वच्छ र निष्पक्ष निर्वाचन आयोगको अस्त्र


काठमाडौँ — मुलुक स्थानीय तह निर्वाचनको संघारमा छ । निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आफ्नो सबै शति खर्चिरहेका छन । यद्यपि स्वच्छ, निष्पक्ष र भयरहित चुनाव आयोगका लागि कम चुनौतीपूर्ण छैन । के के छन त आयोगका चुनाीतीहरु ?आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल थप तात्तिएको छ । राजनीतिक दल नेता कार्यकर्ता उम्मेदवार आ–आफ्नो निर्वाचन चिह्न सहित मत माग्न मतदाताको घर–घर पुगिरहेका छन । यता निर्वाचन आयोग आफ्नो सबै शति खर्चर निर्वाचनका तिव्र तयारीमा छन ।

दलहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरिरहेका छन । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने आयोगको दायित्वलाई चुनौतीपूर्ण बनाएको छ । प्रतिपक्ष र गठबन्धन दुवैले यो निर्वाचनलाई प्रतिष्ठाका रुपमा अघि सार्दा दलबल प्रयोग गरेरै भए पनि मत परिणाम आफ्नो पक्षमा पार्न उद्धत हुने देखिन्छ । आम मतदातालाई सुरक्षाको प्रत्याभुत गराउनु अर्को चुनौति छ । दलगत प्रतिस्पर्धा र हुन सक्ने द्धन्द, खुला सिमा भएकाले सिमा क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौती अर्को महत्वपूर्ण पाटो हुन सक्छ । विगतमा भएको निर्वाचनमा प्रति मतदाता झन्डै ५ हजार खर्च गर्दा पनि मत बदर बढ्दो छ ।

ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा मत बदरको संख्या बढि छ । गत निर्वाचनमा ग्रामिण क्षेत्रमा १७ प्रतिशत मत बदर हुँदा ललितपुर, काठमाडौ, विराटनगर लगायतका शहरी क्षेत्रमा १८ प्रतिशत मत बदर थियो । धेरै राजनीतिक दल त्यसमा पनि यो पटक गठबन्धनका कारण मत बदर हुने अर्को चुनौती आयोगलाई छ । अबको १० दिनमा निर्वाचन हुँदैछ । मतदान अघि, मतदानको दिन हुँदै मतदान सकिएपछि पनि मतपत्रको सुरक्षा, पारदर्शि मतगणनाादेखि निर्वाचको सबै भन्दा सघन समय मौन अवधिमा हुन सक्ने घटनादेखि अन्तिम परिणाम नआएसम्म अझ संवेदनशील रुपमा हेरिन्छ । मतपरिणाम पनि राजनीतिक दल, आम मतदाताको विश्वासको वातावरण सृजना गराउन आयोगका लागि अर्को चनौती देखिन्छ ।