काठमाडौँ — प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादको विषयमा बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरूले जानकारी गराएका छन् । उनीहरूले सोमबार एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले बन्द प्रशिक्षणबाट बाहिरिएको घटनाक्रमबारे जानकारी गराउँदै छानविनको माग गरेका हुन् ।
यसैबीच एन्फा खेलाडी संघले घटनाको उचित छानविन गर्न माग गरेको छ । संघका अध्यक्ष विक्रम लामाले पनि महासचिव तुलाधरलाई ज्ञापनपत्र बुझाएर यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्न आग्रह गरेका छन् । गत आइतबार अल्मुताइरीसँग होटर र होस्टल बस्ने विषयमा विवाद हुँदा १० खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए ।


प्रतिक्रिया