Breaking

खबर राम्रो छैन: शेखर कोइराला


काठमाडौँ — नेपाली काँग्रेसको नेता शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको बताएका छन् । सोमबार विराटनगरका माओवादी नेताहरुसँगको छलफलमा सो धारणा राखेका हुन् । नेता कोइरालाले माओवादी नेताहरुलाई आफ्नै निवासमा बोलाएर अब मिलेर जानुपर्ने धारणा राखेका छुन् । विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादवले निक्कै भोट काट्ने आँकलन सहित कोइरालाको सक्रियता बढेको हो ।

यस्तै माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेद्वारी दिएकी छिन् । उनको र यादवको चुनाव चिन्ह ‘लालटिन’ कायम भएको छ । कोइरालाले माओवादी विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव र माओवादी विराटनगर अध्यक्ष नविन पौडेलसँग छलफल गरेका हुन् । यसअघिको निर्वाचनमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह पाएपछि धेरैले तेस्रो दलको रुपमा अथ्र्याउन थालिएको छ । ‘भेटका अवसरमा खबर कस्तो छ भनेर उहाँले सोध्नुभयो, हामीले राम्रो छ भन्यौं,’ कोइरालसँगको भेटबारे जानकारी दिँदै माओवादी नेता भोगेन्द्र यादवले भने, ‘उहाँले के को राम्रो हुनु नराम्रो छ भन्नुभयो ।’