काठमाडौँ – जिम्बावे ए विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि भएको टस जितेर नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले आइतबार खेलाएको खेलाडीमध्ये एक जनालाई परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा भीम सार्कीले पहिलो एघारमा स्थान बनाएको छ ।
पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।


प्रतिक्रिया