राजनीति

मेयर भएको भोलीपल्टबाटै काममा लाग्ने स्थापितको प्रतिवद्धता


काठमाडौँ – नेकपा एमालेबाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनु भयो ।

आईतबार अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गर्नु भयो ।

उहाँले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताउनु भयो ।

उहाँले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नु भयो । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ ।