Breaking

निर्वाचन आयोग : निर्वाचनबारे सन्देशमूलक भिडिओ सेयर गरी ५० लाख भ्युज पुर्‍याउनेलाई ५० हजार पुरस्कार


काठमाडौँ — निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडिओ प्रचारप्रसार गर्नेलाई तोकिएको संख्यायमा दर्शक (भ्युज) पुर्‍याए २० हजारदेखि ५० हजार रुपैयाँसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

आयोगले आइतबार बिहान सूचना जारी गरी २० लाख भ्युज पुर्याए २० हजार रुपैयाँ, ३० लाख भ्युज पुर्‍याए ३० हजार रुपैयाँ र ५० लाख भ्युज पुर्याए ५० हजार रुपैयाँ पुरस्कार दिने जानकारी गराएको हो ।

यही वैशाख ३० गते हुने स्थानीय तहकोल निर्वाचन सम्बन्धमा आयोगले सन्देशमूलक भिडिओ आफ्ना ट्विटर, युट्युब, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

तिनलाई टिकटक बनाएर वा पहिलेकै स्वरूपमा कसैले आफ्ना सामाजिक सञ्जालमा पोस्ट वा सेयर गरेर तोकिएको संख्यामा दर्शक पुर्‍याए पुरस्कार जित्न सकिने आयोगले जनाएको छ । ​